अस्ट्रेलिया लागिन सरस्वती चौधरी

नवनारी
२४ माघ २०८१
212 Views

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर सरस्वती चौधरी अस्ट्रेलिया फर्किएकी छन् । 

पोखरामा भएको पाँचौं संस्करणको टाइगर कप खेल्न उनी स्वदेश फर्किएकी थिइन् । उनले विभागीय टोली एपिएफ क्लबबाट घरेलु प्रतियोगिता खेल्दै आएकी थिइन् । 

तर, फाइनलमा आयोजक टाइगर ग्रुपसँग एपिएफ पराजित हुँदै उपविजेतामा सिमित भएको थियो । पुरस्कारसमेत नलिई काठमाडौं आएकी उनी बिहीबार अस्ट्रेलिया फर्किएकी हुन् । उनलाई एपिएफका रेश्मा भण्डारी, कविता भट्टलगायत खेलाडीले बिदाई गरेका थिए ।


धेरै पढिएको