टी–२० आई सिरिजः नेपालले अन्तिम खेल आज थाइल्याण्डसँग खेल्दै

नवनारी
२५ माघ २०८१
217 Views

काठमाडौँ । नेपालमा जारी त्रिकोणात्मक महिला टी–२० आई सिरिजमा नेपालले आज अन्तिम तथा छैटौँ खेल थाइल्याण्ड संग खेल्दैछ । खेल शुक्रबार मध्यान्ह सवा १२ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ ।

पाँच खेलमा लगातार हार बेहोरिसकेको नेपाल अब सान्त्वना जितको खोजीमा हुनेछ । जारी श्रृंखलामा नेपालले पहिलो खेलमा नेदरल्याण्ड्ससँग २० रनको हार बेहोरेको थियो ।

यस्तै, नेपालले दोस्रो म्याचमा थाइल्याण्डविरुद्ध ४ विकेट, तेस्रो खेलमा नेदरल्याण्ड्ससँग १५ रन तथा चौथो म्याचमा थाइल्याण्डविरुद्ध ५ रनको पराजय बेहोर्‍यो । यस्तै, सिरिजअन्तर्गत पाचौँ खेलमा नेपालले नेदरल्याण्ड्ससँग १० विकेटको फराकिलो हारको सामना गरेको थियो ।  


धेरै पढिएको