च्याम्पियनसिप खेल्न नेपाल आइपुगिन कप्तान एन्जिला
228 Views
काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा ग्रिसबाट स्वदेश आइपुगेकी छिन् । एन्जिला ग्रिसको निस अट्रोमिटौबाट व्यवसायीक फुटबल खेल्दै आएकी छिन् । अर्को साता सुरु हुने इन्टरनेसनल उमन्स च्याम्पियनसिपका लागि उनी स्वदेश फर्किएकी हुन् ।
राष्ट्रिय टोलीकी फरवार्ड रेखा पौडेल दुबईबाट शनिवार र सावित्रा भण्डारी ‘साम्बा’ फ्रान्सबाट फागुन ५ गते स्वदेश आइपुग्ने एन्फाले जनाएको छ । फागुन ५ गतेबाट नै च्याम्पियनसिप सुरु हुनेछ । च्याम्पियनसिपमा नेपालसहित म्यानमार, कीर्गिस्तान र लेबननको सहभागिता रहनेछ ।

प्रतिक्रिया दिनुहोस