अन्तराष्ट्रिय महिला च्याम्पियनसिप आजबाट सुरु हुँदै

नवनारी
५ फागुन २०८१
246 Views

काठमाडौं – अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप आजदेखि काठमाडौंमा शुरू हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा फोर नेसन्स कपका रूपमा हुने प्रतियोगितामा घरेलु टोली नेपालसँगै किर्गिस्तान, म्यानमार र लेवनानको सहभागिता छ ।

अस अन्तर्गत आइतबार आयोजक नेपालसहित चारै टोलीले उपाधिको लागि खेल्ने बताएका छन् । दशरथ रंगशालामा भएको प्रि म्याच कन्फ्रेन्समा नेपालकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले बोलेर भन्दा पनि मैदानमा खेलेर देखाउने बताइन् । उनले तयारी पनि यो पटक राम्रो भएको जिकिर गरिन् ।‌

यो पटक प्रशिक्षक राजेन्द्र तामाङले यसमा मिहिनेत गरेको र सोही अनुसार खेल्दै डिफेन्सलाई मजबुत बनाउने बताए । प्रशिक्षक तामाङले टोलीको समस्या डिफेन्समा नै रहेको बताए । त्यसको लागि सकिने प्रयास गरेको र यो पटक केहि फरक महसुस गर्न सकिने उल्लेख गर्दै टोलीको फरर्वाड मजबुत रहेको पनि बताए । प्रतियोगिताको पहिलो खेल म्यानमार र लेबनानबिचको खेल दिउँसो २ बजे हुनेछ भने नेपाल र कीर्गिस्तानबीच खेल साँझ ६ बजे सुरु हुनेछ ।


धेरै पढिएको