युगाण्डा भ्रमण गर्ने नेपाली महिला क्रिकेट टोलीको घोषणा

नवनारी
६ फागुन २०८१
328 Views

काठमाडौं । आगामी मार्चमा हुने नेपाली महिला टोलीको युगाण्डा भ्रमणका लागि प्रारम्भिक चरणको प्रशिक्षणका लागि नयाँ खेलाडीहरूसहित क्याम्पको घोषणा भएको छ । युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा मार्च ६ देखि १७ सम्म युगाण्डामा संचालन हुने मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताका लागि पहिलो चरणमा १८ खेलाडी प्रशिक्षणमा बोलाइएका हुन् ।

टोलीमा यू–१९ विश्‍वकप खेलेका तीन नयाँ खेलाडीहरू छन् जसमा सना प्रवीन, रिया शर्मा र सीमाना केसी छन् । त्यस्तै शोभा रोकाया समावेश हुँदा शबनम राई फर्किएकी छन् भने सिता रानामगर टोलीमा छैनन् ।

१८ जना खेलाडीहरूमा कप्तान इन्दु बर्मा, रचना कुमारी चौधरी, राजमती ऐरी, अलिसा कुमारी यादव, सबनम राई, सना प्रवीन, रुबिना क्षेत्री, ममता कुमारी चौधरी, कविता जोशी, रोमा थापा, ईश्वरी विष्ट, रिया शर्मा, सम्झना कुमारी खड्का, पुजा महतो, विन्दु रावल, मनिषा कुमारी उपाध्याय, शोभा रोकाय, सीमाना केसी छन् ।


धेरै पढिएको