साम्बाको गोलमा नेपालले लेबनानलाई १-० ले हरायो

नवनारी
८ फागुन २०८१
259 Views

काठमाडौं । नेपालले लेबनानलाई १-० ले हराए संगै एक खेल अगावै फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
सावित्रा भण्डारी ‘साम्बा’ले पहिलो हाफमा गरेको गोल नेपालको जितका लागि पर्याप्त रह्यो ।

यो नतिजासँगै नेपालले दुई खेलबाट ६ अंक पुर्‍याएको छ । म्यानमारले पनि समान खेलबाट ६ अंक पुर्‍याएको छ । तर, गोलअन्तरमा भने म्यानमार अगाडि छ । 
लेबनान र किर्गिस्तान भने एक खेलअगाबै प्रतियोगिताबाट बाहिरिएका छन् ।

साम्बाले पेनाल्टी बक्सभन्दा बाहिरबाट प्रहार गरेको बल लेबनानी डिफेन्डरलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत हुन पुग्यो । ५९औं मिनेटमा सावित्राले पेनाल्टी बक्सबाट गरेको प्रहार आकासियो उनले रेखाको क्रसलाई सदुपयोग गर्ने प्रयास गरेकी थिइन् ।

च्याम्पियनसिपमा आइतबार लिगमा पहिलो खेल २ बजे लेबनान र कीर्गिस्तान तथा दोस्रो खेल साँझ ६ नेपाल र म्यानमारबिच हुनेछ । आजै पहिलो खेलमा म्यानमारले कीर्गिस्तानलाई ५-० ले हराएपछि म्यानमार पनि एक खेल अगावै फाइनलमा पुगेको हो ।


धेरै पढिएको