उपाधिका लागि म्यानमारसँग भिड्दै नेपाल

नवनारी
१४ फागुन २०८१
222 Views

काठमाडौं । इन्टरनेसनल वुमन्स च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपाल म्यानमारसँग बुधबार प्रतिस्पर्धा गर्दैछ । खेल

साँझ ६ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ । प्रतियोगितामा नेपाल र म्यानमार दुवै अपराजित रहँदै फाइनल पुगेका हुन् । दुवैले लिग चरणमा कीर्गिस्तान र लेबननलाई पराजित गर्दै एक अर्कासँग भिड्नुअघि नै फाइनलमा स्थान सुरक्षित गरेका थिए ।

लिग चरणमा म्यानमारले लेबनानलाई ३–१ र किर्गिस्तानलाई ५–० ले हराएको थियो । नेपालले भने यी दुई प्रतिद्वन्द्वीविरुद्ध समान १–० को जित निकालेको हो ।

नेपाल र म्यानमारबीचको खेल भने २–२ को बराबरीमा रोकिएको थियो। यद्यपि, म्यानमार शीर्ष स्थानमा रहन सफल रह्यो । नेपाल भने गोल संख्याको आधारमा दोस्रो स्थानमा रह्यो ।


धेरै पढिएको