सुनको मूल्य १४ सय रुपैयाँले बढ्यो, चाँदीको कति ?
210 Views
काठमाडौं । नेपाली बजारमा मङ्गलबार सुनको मूल्य एक हजार चार सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक हजार चार सय रुपैयाँले बढेर तोलाको १ लाख ६९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबारदेखि सोमबारसम्म छापावाल सुन प्रतितोला एक लाख ६८ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रबारदेखि सोमबारसम्म चाँदी प्रतितोला एक हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस