भारी वर्षाका कारण नेपाल र हङकङबीचको खेल रद्द

नवनारी
३ चैत २०८१
210 Views

काठमाडौं – भारी बर्षाका कारण युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि हुने भनिएको नेपाल र हङकङबीचको खेल रद्द भएको छ । दुईबीचको खेल युगाण्डामा नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकि खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा रहेका थियो ।

नेपालले सिरिजमा युगाण्डा र हङकङसँग समान १ जित र हार बेहोरेको थियो । भने, नामिबियासँग भने दुवै खेलमा पराजित भएको थियो । उता, हङकङ भने नेपाल, नामिबिया र युगाण्डासँग समान १ पटक विजयी र पराजित भएको थियो । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङमाथि ६ विकेटको जित हासिल गरेको थियो । लिग चरणमा नै भएको पहिलो भेटमा भने हङकङले नेपाललाई २ रनले पराजित गरेको थियो । सिरिजको उपाधीका लागि आजै आयोजक युगाण्डा र नामिबियाबीच खेल हुदैछ ।


धेरै पढिएको