साम्बालाई राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मान

नवनारी
८ चैत २०८१
253 Views

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’लाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २०८१ बाट सम्मान गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साम्बाको पुरस्कार शुक्रबार प्रदान गरेका हुन् । हाल व्यावसायिक फुटबल खेल्न फ्रान्समा रहेकी साम्बा पुरस्कार लिन भने उपस्थित थिइनन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले दिएको उक्त पुरस्कार लिन साम्बाका बुबा उपस्थित भएका थिए । साम्बालाई फुटबलमार्फत् देशलाई चिनाएको भन्दै पुरस्कार दिइएको हो ।

नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गरेकी साम्बाले फ्रान्ससहित इसरायल, भारत र माल्दिभ्सका क्लबबाट व्यावसायिक खेले खेलेकी छिन् । साम्बाले अहिलेसम्म नेपालका लागि ५८ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् ।


धेरै पढिएको