क्रिकेटर सिद्धान्त लोहनीलाई क्यानले ५ लाख सहयोग गर्ने
189 Views
काठमाडौं । क्रिकेट खेलाडी सिद्धान्त लोहनीलाई नेपाल क्रिकेट संघले ५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।
क्यानका प्रवक्ता छुम्बी लामाले विज्ञप्ति जारी गर्दै लोहनीलाई उपचारका लागि ५ लाख रकम उपलब्ध गराउने निर्णय भएको जानकारी गराएका छन् ।
कुनै समय नेपालका लागि खेल्ने सम्भावना बोकेका सिद्धान्त भारतको गुरुगाउँस्थित एक अस्पतालमा अहिले उपचारमा छन् । केही समयअघि घुँडाको शल्यक्रिया गराएपछि अहिले उनी थेरापी गरिरहेका छन् ।
सिद्धान्तले सन् २०१५ जुलाई १८ मा आईसीसी टी२० विश्वकप छनोट अन्तर्गत जर्सीविरुद्ध खेल्दै नेपालको सिनियर टिममा डेब्यु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस