हङकङमा सुनमायाले जितिन् उपाधि

नवनारी
६ माघ २०८१
147 Views

काठमाडौं । नेपाली ट्रेल रनर सुनमाया बुढाले कोर्स रेकर्ड बनाउँदै हङकङ १०० को उपाधि जितेकी छन् । उनले १०३ किलोमिटर दूरी ११ घन्टा ११ मिनेट ४७ सेकेन्डमा पूरा गर्दै कोर्स रेकर्डसहित उपाधि कब्जा गरेकी हुन् ।

जुम्लाकी सुनमायाले शनिबार सम्पन्न दौडमा सफलता हात पार्ने क्रममा पाँच वर्षअघि जियाङ फुजाओले बनाएको ११ घन्टा २८ मिनेट २१ सेकेन्डको कोर्स रेकर्ड तोडेकी हुन् ।

दौड जितेपछि सुनमायाले भनिन्, ‘एकदमै खुसी महसुस भएको छ । अब आरा मगर्न चाहान्छु ।’ उनले थपिन्, ‘यो निक्कै प्रतिस्पर्धात्मक रह्यो । ८० मिलोमिटरसम्म युद्धजस्तै भयो र दौड्दा निक्कै गाह्रो पनि लाग्यो । सुरुका ५० किलोमिटर सम्म सतहमा थियो । त्यसपछि धेरै उकालीओराली थियो र निक्कै टेक्निकल पनि ।’

जापानकी नम्बर १ ट्रेल रनर युरो योसिजुमी पाँच घन्टा ५८ मिनेटसाथ दोस्रो भइन् भने चीनकी याङ यान ६ घन्टा १३ मिनेटमा दूरी पार गर्दै तेस्रोमा रहिन् ।


धेरै पढिएको