खो खो विश्व कपः उपाधिका लागि नेपाली पुरुष र महिला दुबै टोलि भारतसँग भिड्दै
203 Views
काठमाडौं । भारतमा जारी खो खो विश्व कप फाइनल खेल अन्तर्गत नेपाली पुरुष र महिला दुबै टोली भारत सँग भिड्दै छन् । इन्दिरा गान्धी इन्डोर स्टेडियममा भएको खेलमा युगाण्डालाई शनिवार ८९.१८ ले हराउँदै नेपाली टोली अन्तिम दुईमा पुगेको थियो भने इरानलाई ७२.२० ले हराउँदै नेपाली पुरुष टोली पनि फाइलनमा पुगेको हो ।
यता भारतका पुरुष र महिला टोलीले सेमिफाइनलमा दक्षिण अफ्रिकाविरुद्ध जित हासिल गरेका थिए । भारतीय पुरुष खो खो टोलीले दक्षिण अफ्रिकालाई ६२.४२ ले हराएको थियो भने महिला टोलीले सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ६६.१६ ले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस