खो-खो विश्वकप फाइनलः भारत सँग पराजित हुँदै उपविजेता बन्यो नेपाली महिला टोली
205 Views
काठमाडौं । खो खो विश्वकपको महिलातर्फको फाइनलमा नेपाल भारतसँग पराजित हुँदै उपविजेतामै सिमित भएको छ । नेपाल फाइनलमा ७८-४० अन्तरले पराजित भएको हो । दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा घरेलु टोलीले पहिलो टर्नदेखि नै दबाब कायम गरेको थियो ।
पहिलो टर्नमा आक्रमण गर्दै ३२ अंक जोडेको भारतले दोस्रो टर्नमा नेपाललाई २४ अंक मात्र जोड्न दियो । भारतले डिफेन्समा १ अंक पनि थप्यो । त्यसपछि तेस्रो टर्नमा ४० अंक जोड्दै भारत बलियो स्थितिमा पुग्यो । अन्तिम टर्नमा नेपालले १६ अंक मात्र जोड्दा भारतले ड्रिम रनमा ५ अंक थपेको थियो ।
आज नै हुने पुरुषतर्फ फाइनलमा नेपाल र भारत भिड्दैछन् ।

प्रतिक्रिया दिनुहोस