राष्ट्रिय महिला लिगः आर्मीलाई एपीएफले २-१ ले हरायो

नवनारी
९ माघ २०८१
188 Views

काठमाडौँ । राष्ट्रिय महिला लिगमा विभागीय टिम एपीएफ क्लबले अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई २-१ ले पराजित गरेको छ । बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा सुरुवाती अग्रता पनि एपीएफले नै लिएको थियो ।
खेलको २३औँ मिनेटमा रश्मीकुमारी घिसिङले गोल गर्दै एपीएफलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । त्यसपछि खेलको ३८औँ मिनेटमा कप्तान अनिता बस्नेतले गोल गर्दै एपीएफको अग्रता दोब्बर पारिन् । खेलको ८३औँ मिनेटमा आर्मीका लागि अमिषा कार्कीले गोल गर्दै अग्रता २(१ मा झारेकी थिइन् । तर, बाँकी समयमा गोल हुन नसकेपछि खेल एपीएफले २-१ गोलअन्तरले जितेको हो ।

जारी महिला लिगमा एपीएफ ८ खेलबाट २४ अंक जोड्दै प्लेअपमा पुगेको छ । समान खेलबाट १६ अंक जोडेको आर्मी पनि प्लेअपमा पुगेको छ । अब क्वालिफायर-१ मा एपीएफले आर्मी क्लबसँगै प्रतिस्पर्धा गर्नुपर्नेछ।


धेरै पढिएको