यू-१९ विश्वकप : मेलेसियासँग ‘प्लेअफ’ खल्दै नेपाल

नवनारी
११ माघ २०८१
208 Views

काठमाडौं । तेस्रो संस्करणको आइसिसी महिला यू-१९ टी–२० विश्वकप क्रिकेटअन्तर्गत नेपाल आज मलेसियासँग खेल्दैछ । नेपाल र मलेसियाबीचको खेल दिउँसो सवा १२ बजेदेखि सुरु हुनेछ ।  
समूह चरणबाट बाहिरिसकेको नेपाल १३औँ देखि १६औँ स्थानसम्मको प्लेअफका लागि मलेसियासँग खेल्न लागेको हो । त्यस्तै, अर्को प्लेअफमा पाकिस्तान र सामोआ भिड्ने तासिलका छ ।
विश्वकपको सुपर सिक्सको समूह ‘१’ मा भारत, अस्ट्रेलिया, श्रीलंका, बंगलादेश, स्कटल्याण्ड र वेस्ट इण्डिज रहेका छन् । यस्तै, समूह ‘२’ मा दक्षिण अफ्रिका, इङल्याण्ड, अमेरिका, नाइजेरिया, आयरल्याण्ड र न्यूजिल्याण्ड रहेका छन् ।   

समूह चरणमा नेपालले तीनवटै खेलमा हार बेहोरेको थियो । नेपालले समूह चरणमा बंगलादेशसँग ५ विकेट, स्कटल्याण्डविरुद्ध एक विकेट तथा अस्ट्रेलियासँग ८३ रनको हार बेहोरेको हो । 


धेरै पढिएको