किर्गिस्तानमाथि नेपाल ०-१ ले विजयी  

नवनारी
५ फागुन २०८१
256 Views

काठमाडौं । आजदेखि नेपालमा सुरु भएको फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपमा नेपालले किर्गिस्तानमाथि जित निकालेको छ । 

दशरथ रंगशालामा भएको खेलमा नेपालले किर्गिस्थानमाथि १–० को जित निकालेको हो । खेल सुरु भएको १०औं मिनेटमा नेपालले पहिलो गोल गरेको थियो ।

विमला चौधरीले हेडमार्फत गरेको यही गोल नेपालको जितका लागि निर्णायक बन्यो । यसअघि म्यानमार र लेबननबीच भएको पहिलो खेलमा म्यानमारले जितेको छ । 

स्वदेशमै साफ च्याम्पियनसिपमा लगातार दुई पटक उपाधि जित्ने मौका गुमाएको नेपाली टोलीले यो‌ च्याम्पियनसिपको उपाधि जितेको खण्डमा त्यसले लगातार उपाधि विमुख हुनुपरेको पीडामा थोरै मल्हमको काम गर्न सक्छ ।


धेरै पढिएको