नेपाल र म्यानमार बिचको फाइनल खेल बुधवारः टिकटको मूल्य दोब्बरले वृद्धि
234 Views
काठमाडौं । फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपको फाइनलका लागि टिकट मुल्यमा दोब्बरले वृद्धि भएको छ ।
नेपाल र म्यानमार बिच बुधवार हुने फाइनल खेल लागि भिआइपी पाराफिटका लागि २ हजार रुपैयाँ र साधारण पाराफिटका लागि १ हजार रुपैयाँ टिकट दर कायम गरिएको छ ।
लिगमा भिआइपीतर्फ १ हजार र साधारणतर्फ ५ सय रुपैयाँको टिकट दर राखिएको थियो ।
अखिल नेपाल फुटबल संघ एन्फा (एन्फा) ले जारी गरेको टेण्डरमा नै नेपाल फाइनलमा पुगेको खण्डमा २ हजार र १ हजार टिकट मुल्य रहने भनिएको र सोही अनुरूप मुल्य बढेको एन्फा महासचिव किरण राईले बताए ।
उनले टिकट दर बढे पनि टिकेटिङ अधिकार प्राप्त ब्रान्ड लजिकले भने १ हजार र ५ सय नै प्राप्त गर्ने बताए । बढेको १ हजार र ५ सय रकम भने फुटबल विकासको लागि एन्फालाई उपलब्ध हुने पनि महासचिव राईले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस