नेपाल एसियाली महिला कबड्डी च्याम्पियनसिपको सेमिफाइनलमा

नवनारी
२३ फागुन २०८१
201 Views

काठमाडौं । नेपाली महिला कबड्डी टोली छैटौँ एसियाली च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । इरानको तेहरानमा जारी प्रतियोगितामा इराकलाई ६२ अंकको अन्तरले हराउँदै नेपालले सेमिफाइनलमा स्थान पक्का गरेको हो । नेपाल, इरान र इराक रहेको समूह बीबाट शीर्ष २ स्थानमा रहँदै नेपाल र इरानले सेमिफाइनलमा स्थान बनाएका छन् । इराक दुवै खेलमा पराजय बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

समूह बीमा रहेको नेपालले इराकविरुद्ध ६८ अंक बनाउँदा विपक्षी इराक कमजोर देखीयो । उसले मात्र ६ अंक बनाउन सक्यो । कप्तान मानमती विष्टले १४ अंक डिफेन्समा तथा जयन्ति बड्डुले ७ अंक ल्याइन् । समूह बि को अर्को खेलमा इरानले इराकलाई ४५ अंकको अन्तरमा पाखा लगाएको छ। ऋब शुक्रबार हुने समूह चरणको अन्तिम खेलले समूह विजेताको टुङ्गो लगाउने छ । अन्तिम खेलमा इरान र नेपाल नै भिड्छने छन् । समूह चरणको खेलमा इरानलाई हराउन सके, सेमिफाइनलमा नेपालको भेट बंगलादेश र थाइल्याण्डसँग हुनेछ । समूह चरणको खेल बराबरीमा सकिएपनि नेपाल समूह विजेता बन्नेछ ।


धेरै पढिएको