वुमन्स डे कप अन्तर्गत नेपालले आज युगाण्डा संग खेल्दै
253 Views
काठमाडौं । वुमन्स डे कप अन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेलमा घरेलु टोली युगान्डासँग खेल्दैछ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा खेल नेपाली समयअनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ ।
हिजो नामिबियासँग ६ विकेटले पराजित नेपाल आज जितको खोजिमा हुनेछ । युगान्डा हङकङलाई ८ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
सन् २०२२ मा युगान्डाले नेपाल भ्रमण गरेको थियो । सो सिरिज नेपालले दुई–एकले आफ्नो पक्षमा पारेको थियो । सिरिजमा आयोजक युगान्डासहित नेपाल, हङकङ र नामिबिया छन् । सहभागी टोलीले एक आपसमा दुई पटक प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीबिच उपाधिका लागि भिडन्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस