नेपालले आज नामिबिया संग खेल्दै

नवनारी
२८ फागुन २०८१
197 Views

काठमाडौं । चार देशीय महिला टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले आज नामिबिया संग खेल्दैछ । खेल युगाण्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ ।

जारी सिरिजमा नेपालले तीन खेलमध्ये एकमा जित र दुईमा हार बेहोरेको छ । नेपालले आयोजक युगाण्डालाई हराएको थियो भने नामिबिया र हङकङसँग पराजित भएको थियो ।

यस्तै, नामिबियाले पनि एकमा जित र दुईमा हार बेहोरेको छ । नेपालले अर्को खेल बिहीबार युगाण्डासँग र चैत १ गते हङकङविरुद्ध खेल्ने तालिका रहेको छ । 


धेरै पढिएको