प्रिति राई बनिन् एनएसएलको गुडविल एम्बासडर

नवनारी
१४ चैत २०८१
272 Views

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राई नेपाल सुपर लिग (एनएसएल) २०२५ को गुडविल एम्बाडर (सद्भावना दुत) नियुक्त भएकी छिन् । आयोजक एनएसइएमले मिडफिल्डर प्रीतिलाई गुडविल एम्बासडर नियुक्त गरेको जनाएको छ । आयोजकले सामाजिक संजाल फेसबुकमा एक भिडियो राख्दै यस सम्बन्धी जानकारी गराएको छ ।

नेपालको सिनियर महिला फुटबल टाेलीबाट खेल्दै आएकी प्रीति पछिल्लो समय स्टार महिला फुटबलरको रुपमा जमिरहेकी छन् । उनी विभागीय टोली एपीएफबाट घरेलु फुटबल खेल्छिन् ।


धेरै पढिएको