निर्णायक खेल वर्षाले रद्ध भएपछि अफगानिस्तान विश्वकपमा छनोट, अनलक्की टिम बन्यो नेपाल
231 Views
काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गतको खेल रद्ध भएको छ ।
मूलपानीलगायत काठमाडौंका अधिकांश स्थानमा शनिबार विहानैदेखि पानी परेको थियो । त्यसकारण मैदान भिजेकाले नेपाल र अफगानिस्तानको खेल हुन नसकेको हो । शनिबार बिहान ९ बजेबाट प्रतियोतिता सुरु हुने कार्यतालिका रहेको थियो ।
आफ्ना पछिल्ला तीन वटा खेलमा विजयी भएका दुवै टोली आज आफ्नो अन्तिम खेल जितेर विश्वकपमा छनोट हुने आशामा थिए । तर मौसमले साथ नदिएपछि रनरेटका आधारमा अफगानिस्तान छनोट भएको हो ।
नेपालले युएईलाई ५ रन, ओमनलाई ८ विकेट र हङकङलाई ९ विकेटले पराजित गरेको थियो । अफगानिस्तानले ओमन र हङकङलाई समान ८ विकेट र युएईलाई १ सय ८० रनले पराजित गरेको हो ।

प्रतिक्रिया दिनुहोस