नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन माग
322 Views
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन माग गरेको छ ।
मुख्य प्रशिक्षकका लागि ‘प्रो लाइसेन्स’ अनिवार्य गरिएको छ । यस्तै सिनियर महिला वा उमेर समूहमा व्यावसायिक फुटबलमा दुई वर्ष प्रशिक्षण गरेको अनुभव हुनुपर्ने सूचनामा उल्लेख छ ।
अहिले राजेन्द्र तामाङले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षण सम्हाल्दै आएका छन् । आवेदन आउँदो मे २० सम्म आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस