भुटान महिला लिगमा पूजाको डेब्यु, पहिलो खेलमै गोल गर्न सफल

नवनारी
२९ वैशाख २०८२
211 Views

काठमाडौं । भुटान महिला राष्ट्रिय लिगमा नेपाली राष्ट्रिय टोलीकी डिफेन्डर पूजा रानाले पहिलो गोल गरेकी छन् ।

सोमबार भएको पहिलो खेलमा पूजाले डेब्यु गोल गर्न सफल भएकी हुन् । ट्रान्सपर्ट युनाइटेड गर्ल्समा आवद्ध उनले यू–१७ गेलेफु एकेडेमी गर्ल्स टोलीविरुद्ध गोल गरेकी हुन् ।

उनले खेलको ८९औं मिनेटमा गोल गरिन् । उक्त खेलमा ट्रान्सपर्ट युनाइटेडले यू–१७ गेलेफु एकेडेमी गर्ल्स टोलीलाई ८–० गोल अन्तरले पराजित गर्‍यो ।


धेरै पढिएको