बहराइन माथि नेपाल ६ विकेटले विजयी, कप्तान इन्दुकाे उत्कृष्ट ब्याटिङ

नवनारी
१ जेठ २०८२
282 Views

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप एशिया छनोट अन्तर्गत नेपालले बहराइन माथि ६ विकेटको जित निकालेको छ । थाइल्यान्डको तर्डथाई क्रिकेट ग्राउन्डमा भएको खेल वर्षाका कारण प्रभावित भएको थियो । १२ दशमलव ४ ओभर ब्याटिङ गरेर ७६ रन जोडेको अवस्थामा वर्षा भए पनि खेल रोकिएको थियो ।

वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको लक्ष्य प्राप्त गरेको थियो । कप्तान इन्दुले ७ बलमा २४ रन प्रहार गरेपछि नेपालले लक्ष्य प्राप्त गरेको हो । उनले ४ चौका र १ छक्का प्रहार गरिन् । पुजा महतोले ११ बलमा २ चौकासहित १३ रनको योगदान दिइन् । ओपनर सम्झना खड्का ५ रनमा आउट भइन् । बहराइनका लागि पवित्रा शेट्टीले ३ विकेट लिइन् ।

बहराइकी रासिका रोड्रीगोले २९ बलमा २४ रन जोड्दा राम्रो सुरुवात पाएको थियो । यस जितले नेपाल अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । नेपालको ४ खेलमा २ जित, १ हार र १ रद्द खेलले ५ अंक पुगेको छ । ३ खेलमा हङकङको ४ अंक छ । बहराइनको ३ खेलमा १ अंक छ ।


धेरै पढिएको