पढ्न मन लागेन ? यी उपाय अपनाउनुहोस्

नवनारी
२४ वैशाख २०८२
307 Views

काठमाडौँ । पढ्ने भनेपछि सबैजसो मानिसहरुलाई प्राय अल्छि लाग्छ । पढ्नुपर्छ भन्ने मानसिकता भएपनि कतिपयले सोचे अनुसारको पढ्न सक्दैनन् । मुख्यतया केहिलाई पढ्न मन लाग्दैन । पढ्नु पर्यो भने दिक्क लाग्छ, हाई आउँछ । कोहि त पढ्न थाले भने निदाउँछन् । यसरी पढ्न मन नलाग्नुका पछाडिका धेरै कारण मध्ये, एक कारण वास्तुको दोष । वास्तुशास्त्र अनुसार विद्यालयको कक्षा कोठा, घरको पढ्ने कोठाको वास्तु मिलेको छैन भने पढाईमा मन जादैन । त्यसो भए के गर्ने त ? – वास्तुशास्त्र अनुसार विद्यार्थीले पूर्व, उत्तर र ईशान दिशा फर्केर पढ्नु उत्तम हुन्छ । यी दिशालाई वास्तुले ज्ञानवर्धक दिशा मान्दछ ।

पूर्व र उत्तर दिशा फर्केर पढ्नु विद्यार्थी वर्गका लागि अति नै लाभदायीक हुनेछ । – यदि कारणवश पढ्ने कोठा पश्चिम दिशामा छ भने, त्यस कोठामा पनि पुर्व, उत्तर र इशान दिशामा फर्केर पढ्न सकिन्छ । – विज्ञानशास्त्रका अनुसार मानव शरीर र वातावरणका लागि अत्यन्त लाभदायी मानिने इन्फ्रारेड किरणहरू उत्तरपूर्वी कोणबाट आउने भएकाले विद्यार्थीलाई सकारात्मक असर पर्नेछ । यि किरणले शरीरका कोषिकालाई शक्ति दिने र ध्यान एकाग्र बनाउने गर्दछ । – पढ्ने विद्यार्थिले कहिल्यै पनि कोठाको ढोकातर्फ ढाड फर्काएर पढ्नु हुदैन ।

यसो गर्दा ढोकाबाट आउने प्रकाश र हावालाई पढ्ने मानिस आफैले छेक्ने गर्दछ । – विद्यार्थीले पढ्न बस्दा कोठाको बिम मुनि बसरे पढ्नु हुदैन, यसले पढाईमा मन नलाग्नुका साथै मानसिक रुपमा तनाव बढ्ने वास्तुको मान्यता छ । – पढ्ने विद्यार्थीले आफ्नो सिरानी दक्षिण वा पश्चिमतर्फ राख्नुपर्दछ । दक्षिणतर्फ सिरान पारेर सुत्दा विद्यार्थीको स्वास्थ्य राम्रो हुनुका साथै पश्चिमतर्फ सुत्दा पढाईमा मन लाग्ने वास्तुको मान्यता छ । – किताबका र्याकहरु दक्षिण वा पश्चिम दिशामा राख्नु उत्तम हुन्छ । साथै पढ्ने कोठामा पुस्तकहरु भएको र्याक खुल्ला राख्नु हुदैन । यसले नकारात्मक ऊर्जा दिन्छ ।


धेरै पढिएको